भूकम्प प्रभावित क्षेत्रमा कलाकारहरु – हासौं, ढुक्कले बाँचौं


भूकम्पबाट ग्रसित र त्रसित बालबालिकाहरूलाई शैक्षिक राहतसागै मुहारमा हाँसो ल्याउन र पठनपाठनमा सक्रिय बनाउन हाँसो ढुक्कले बाँचौ अभियान सञ्चालनमा ल्याइएको छ। एक्सन डेभलपमेन्ट सेन्टर र स्वर्णिम क्रिएसनले संयुक्त रूपमा सञ्चान गरेको यो अभियान भूकम्पबाट बढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकबाट सुरु गरियो। स्थानीय युवा समाजसेवीहरूको सक्रियातामा आयोजित अभियानको सुभारम्भ कार्यक्रममा यस अभियानका अभियन्ता द्वय सञ्चारकर्मी तथा हास्य कलाकार शिरोमणि दवाडीले खोपेकाजीको चरित्रमा र हास्य कलाकार सि.पी. पुडासैनीले धतुरेबाको चरित्रमा प्रस्तुत भएर समसामयिक विषय वस्तुमा विभिन्न टुक्का तथा गीतका माध्यमबाट उपस्थित युवा तथा बालबालिकालाई मन खोलेर हसाएका थिए।
Happy Imageभूकम्पबाट कम प्रभावित क्षेत्रमा गई त्यहााका शैक्षिक संस्थासाग सहकार्य गरेर बालबालिका तथा युवालाई हसाउादै शैक्षिक सामग्री सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा हसाउादै वितरण गर्ने यस कार्यक्रमको सुकुटेमा सम्पन्न पहिलो श्रृङ्खलामा सिद्धाश्रम शक्ति केन्द्रले शैक्षिक सामग्री उपब्ध गराएको थियो। “हामी आफूले जानेको सीप र श्रम खर्चेर बालबालिका तथा युवामा हासो-खुसी छर्न चाहन्छौं।” कलाकार दवाडीले बताए। कलाकार पुडासैनीले थपे “देश र जनतालाई परेको बेला सबैले गनु पर्छ। हामी आˆनो कर्तव्य पुरा गरि रहेका छौं।

सुकुटेमा आयोजित कार्यक्रम उमेश के.सी. ले सञ्चालन गरेका थिए भने सो कार्यक्रममा कलाकारहरू नरबहादुर नेपाल,घटराज बास्तोला र केदार न्यौपानेले पनि प्रस्तुतिमा सघाएका थिए। यस कार्यक्रमलाई राष्ट्रव्यापी बनाउने लक्ष्य रहेको आयोजकले बताएका छन्। कार्यक्रम व्यवस्थापन गरेर यस अभियानलाई सघाउने इच्छुक शैक्षिक संस्थाहरूलाई सहकार्यका लागि आग्रह पनि गरिएको छ।
[tps_title]View More Images – Click on Next Prev. Button[/tps_title]

SUBSCRIBE 👉