तुलाको गीतको भिडियोमा प्रेम बियोगको कथा


nirmal-century-modelगायक तुला पर्वतको ‘विरहमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोले प्रेम बियोगको कथालाई उतारेको छ। मुनाल शिशिरले निर्देशन गरेको यो भिडियोमा निर्मल सेञ्चुरीको साथमा एनी र अभयले मोडलिङ गरेका छन्।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तुला पर्वतको दोष एल्बममा यो गीत समावेश छ। मकाउमा रहेका गायक तुलाले आफूले मिहिनेत गरेर नयाँ गीत सार्वजनिक गरेको बताए । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ। गीतमा तुलाको नै शब्द तथा संगीत समावेश छ । गीतसंगीतमा लामो समयदेखि लागेपनि पछिल्लो केही समयदेखि तुलाले चर्चा पाउन थालेका छन ।

SUBSCRIBE 👉