किन रुचाइयो ‘झोले’ ? दुई दिनमा ४२ लाख


Priyanka-Karki-Dayahnag-Rai-Jholay

Priyanka Karki and Dayahang Rai

ग्ल्यामर नेपाल, काठमाडौं । गत शुक्रबारदेखि फेसबुक, ट्वीटरजस्ता सोसल मिडिया ‘झोले’मय भएको छ । टाइमलाईन रंगीएको छ । मल्टिप्लेक्स मात्र होइन्, सिंगल थिएटरका दर्शकले पनि फिल्मको प्रसंशामा कुनै कन्जुस्याई गरेका छैनन् । फिल्मले दुई दिनमा देशभरबाट ४२ लाख रुपैयाँ ग्रस गरेर व्यापार निकै शुभ हुने संकेत दिएको छ । देशका करिब ७० पर्दामा रिलिज भएको यो चलचित्रले शुक्रबार र शनिबार काठमाडौंबाट २८ र मोफसलबाट १४ लाख ग्रस गरेको निर्माण पक्षले जानकारी दिएको छ । शुक्रबारै रिलिज भएको हिन्दी फिल्म ‘हाइवे’लाई पनि ‘झोले’ले उछिनेको छ । व्यापार र प्रतिक्रिया दुवै सकारात्मक भएपछि निर्देशक दिपेन्द्र के.खनाल दंग परेका छन् । उनले आफूहरुको मिहनेत दर्शकले मन पराइदिएको प्रतिक्रिया दिएका छन् । दयाहाङ राई र प्रियंका कार्की स्टारर यो फिल्मले बेरोजगार युवाको कथा हास्य ढंगबाट पर्दामा पेश गरेको छ ।

‘छ एकान छ’ पछि कमेडी जनराकै फिल्म ‘झोले’ मन पराइएको छ । यसबाट दर्शकहरु गम्भीर विषयभन्दा पनि मनोरञ्जनकै लागि फिल्म हेर्छन् भन्ने पुष्टि भएको छ । साथै शैलीमा नयाँपन भयो भने सामान्य लाग्ने कथा पनि हिट हुने सन्देश दिएको छ । ‘झोले’को प्रस्तुतीसँगै कलाकारको अभिनय पनि निकै रुचाइएको छ । विदेश जाने तरखरमा रहेका तर विना सित्तिको झमेलामा फसेका दयाहाङ, नगरबधु प्रियंका र डन बनेका ए. गुरुङले आफ्नो चरित्रलाई न्याय गरेको दर्शकले प्रतिक्रिया दिएका छन् । यो फिल्मले प्रियंका र दयाहाङको फ्लप यात्रालाई पनि पूर्णविराम लगाएको छ । माउथ पब्लीसिटी राम्रो भएकोले फिल्मको व्यापार अझ उकालो लाग्ने निर्देशक खनालको विश्वास छ ।

SUBSCRIBE 👉