किरण के.सी. (राता मक्कै) को हाँसोमय ५८ औं जन्मदिन

Kiran KC, Known as Raata Makai, Nepali Comedy Artist – असार १५ लाई आफ्नो जन्मदिनका रुपमा मनाउने किरणले यसै दिन बुवा र आमाको नाममा दुई स्रष्टालाई सम्मान पनि गर्ने गर्छन्। यसपटक चर्चित कार्टुनिष्ट दुर्गा बराल ‘बात्सायन’ र कलाकार आनन्द थापालाई जनही १० हजार रुपैंयाा राशी र ताम्रपत्र सहित सम्मान गरे।


कलाकार नै कमेडियन भए पछि उनीहरुको कार्यक्रममा नहाँसी बस्न कोही दर्शक पनि सक्दैनन्। कमेडियन नै कमेडियनको जमघट भएपछि त्यहाँ दर्शक गम्भीर भएर बस्ने वातावरण पनि बन्दैन। चर्चित हाास्य टेलिश्रृङ्खलामा जेठानको भूमिकामा अभिनय गर्ने किरण केसी ‘राता मकै’ तमाम कमेडियन मध्ये एक ती कमेडियन हुन्, जो अरुलाई नहासाईकन फुसर्दमा बस्न सक्दैनन्। तिनै कमेडियनले मंगलबार राजधानीमा ५८ औं जन्मदिन मनाउदा पनि वरिष्ठदेखि कनिष्ठ कमेडियन संग उनको निम्तालु सहभागी तथा पत्रकार एकछिन नहाँसी बस्न सकेनन्।

kiran kc Raata Makai Nepali comedianअसार १५ लाई आफ्नो जन्मदिनका रुपमा मनाउने किरणले यसै दिन बुवा र आमाको नाममा दुई स्रष्टालाई सम्मान पनि गर्ने गर्छन्। यसपटक चर्चित कार्टुनिष्ट दुर्गा बराल ‘बात्सायन’ र कलाकार आनन्द थापालाई जनही १० हजार रुपैंयाा राशी र ताम्रपत्र सहित सम्मान गरे। कार्टुनिष्ट बराल अनुपस्थित भएपछि उनका छोरा अजित बरालले पुरस्कार लिए। उनीहरुलाई वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीले सम्मान गरेका थिए।

कार्यक्रमको शुभारम्भ नै हाँसो बाट गरिएको थियो। केही समय अघि अमेरिकाबाट नेपाल आएका चर्चित कार्यक्रम सञ्चालक रवि लामिछानेले हँसाउने काईदा भन्दै चार वटा टिप्स सुनाएपछि सबैले हाँसेर कार्यक्रम शुरु गरिएको थिए। कार्यक्रममा गायिका कोमल वलीले केसीलाई जन्मदिनको शुभकामना दिँदै आफु जहिल्यै पनि बिहान उठ्दा एकपटक ऐनामा हेर्ने गरेको बताएर स्टेजमा पुग्न नपाउंदै माइकको अगाडि आएका कलाकार दीपकराज गिरीले त्यो ऐना आफै हुन पाए हुने भन्दा हाँसोको पर्रा छुटेको थियो।

महजोडीले किरणको कलाकारिता संगै अन्य क्षेत्रको तारिफ गर्दै ‘१५ गते’ टेलिफिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए। कलाकार केसीले कलाकारले आफ्नो व्यंग्यलाई केबल सिंहदरबारमा मात्र केन्द्रित गर्न नहुने बताए। ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा हाँस्यव्यंग्य’ शीर्षक को अन्तरक्रिया समेत राखिएको कार्यक्रममा कलाकारहरुले यी दुई क्षेत्रमा कलाकारको भूमिकाबारे बोलेका थिए।

SUBSCRIBE 👉