चितवनमा भेटिए पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ र नायक रेश मरहट्टा

Model Shrisit Shrestha and Actor Resh Marahatta हाल चितवनका विभिन्न स्थानमा रोमान्स गरिरहेको खबर बाहिरिएको छ। भारतीय गायक सलिम सुलोमानको स्वर रहेको नेपाली गीतको म्युजिक भिडियोको छायांकनको सिलसिलामा सृष्टी र रेशले रोमान्स गरेका हुन्। चितवनको विभिन्न ठाउँमा छायाँकन भईरहेको सलिमको नेपाली गीतलाई रिबेल क्रियशनले निर्माण गर्न लागेको हो।


Shristi Shrestha Resh Marahattaहालै बलिउड भिडियो गीतमा अभिनयका कारण चर्चामा रहेकी पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ र स्टाईलिस नायक रेश मरहट्टा हाल चितवनका विभिन्न स्थानमा रोमान्स गरिरहेको खबर बाहिरिएको छ। भारतीय गायक सलिम सुलोमानको स्वर रहेको नेपाली गीतको म्युजिक भिडियोको छायांकनको सिलसिलामा सृष्टी र रेशले रोमान्स गरेका हुन्। चितवनको विभिन्न ठाउँमा छायाँकन भईरहेको सलिमको नेपाली गीतलाई रिबेल क्रियशनले निर्माण गर्न लागेको हो।

“कभी जो बादल बर्से” बोलको हिन्दी गीतमा अभिनय गरेर नेपाल फर्किएपछि सृष्टीले पहिलो पटक नेपाली म्युजिक भिडियो गीतमा अभिनय गरेकी हुन्। यी जोडी पहिलोपटक म्युजिक भिडियोमा देखिन लागेका हुन् । विभोर पोखरेलको निर्देशन मा निर्माणाधीन भिडियो गीतको सम्पादन जीवन थापाले गर्ने बताइएको छ। म्युजिक भिडियो छिट्टै नै नेपाली टेलीभिजन च्यानलहरु र यु ट्युब च्यानल बाट रिलिज गरिने बताइएको छ।
– शुकदेव चापागाई

हेर्नुहोस् केहि तस्विरहरु

 

SUBSCRIBE 👉