टेलिभिजन कलाकर्मी मञ्च नेपालले नीर शाहलाई सम्मान गर्ने


टेलिभिजन कलाकर्मी मञ्च नेपालले टेलिभिजनको कलाकर्मको क्षेत्रमा आफ्नो जीवनलाई पूर्ण समर्पित गर्दै अतुलनीय योगदान पुर्‍याएकोमा वरिष्ठ टेलिभिजनकर्मी तथा कलाकार नीर शाहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ। मञ्चले राजधानीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चकी अध्यक्ष दीपाश्री निरौलाले शाहलाई १ लाख १ हजार १ सय ११ रुपैंयाा राशीसहित सम्मान गर्न लागेकेा बताईन्।
Deepa Shree Niraulaउनका अनुसार नीरलाई आगामी असार २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिनेछ। त्यसैगरी कार्यक्रममा टेलिभिजन कलाकर्ममा अनावरत रुपमा काम गरिररहेका तीन विशिष्ट टेलिभिजनकर्मीलाई ‘विशेष सम्मान’, लामो समयसम्म टेलिभिजन कलाकर्मीमा योगदान पुर्‍याईरहेका ८ जना कलाकर्मी तथा टेलिभिजन कार्यक्रमलाई ‘विशेष योगदान सम्मान’, टेलिभिजन कलाकर्मसाग सम्बद्ध दुईवटा संस्थालाई ‘संस्थागत सम्मान’ र टेलिभिजनबाट प्रसारण हुने विविध कार्यक्रमहरुमध्ये ११ विधा कायम गरी विधाका लोकपि्रय कार्यक्रम वा कलाकर्मीलाई पनि पुरस्कृत गरिनेछ।Dipa Shree Niraulaअध्यक्ष दीपाले आफुहरुले यो कार्यक्रमलाई वैशाखमै गर्ने तयारी गरे पनि विनाशकारी भूकम्पका कारण उक्त समयको कार्यक्रम रद्ध गरेर आगामी आइतबार आयोजना गर्न लागिएको बताईन्। उनले मञ्चको कार्यसमिति तथा सल्लाहकार समितिले योगदान तथा लोकपि्रयताको मापदण्डलाई आधार मानेर छनौंट गरी पुरस्कृत गर्न लागिएको खुलाईन्।

मञ्चका उपाध्यक्ष श्रीप्रसाद थापाले टेलिभिजनमा प्रसारण हुने विभिन्न कार्यक्रमको विषयबस्तु र प्रस्तुति हेरेर विधागत अवार्ड प्रदान गरिने जानकारी दिए। उनका अनुसार कार्यक्रमका कलाकारहरुको नृत्य तथा प्रहसन पनि हुनेछ। मञ्चले यसअघि ‘टेलि सम्मान २०६६’, ‘टेलि अवार्ड २०६७’, ‘टेलिभिजन सम्मान तथा पुरस्कार २०६९’लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।

SUBSCRIBE 👉