आठौ नेफ्टा फिल्म अवार्डको तयारीका लागि आयोजक कतारमा


नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिना आठौ नेफ्टा फिल्म अवार्डको तयारीका लागि कतार पुगेका छन्। अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसाग सहकार्य गर्दै नेफ्टाले यो बर्ष कतारमा अवार्ड आयोजना गर्न लागेको हो। यसअघि अवार्ड कार्यक्रम मलेसिया र हङकङमा सम्पन्न भैसकेको छ।

Ananta Timilsena
कतारमा भव्य स्वागत पाएपछि अध्यक्ष केसी र महासचिव अनन्त तिमिल्सिनाले खुशी व्यक्त गरे। उनीहरुले कतारमा अवार्डको तयारी जोडतोडका साथ भैरहेकाले अवार्ड भव्य हुनेमा दुइमत नरहेको बताएका छन्। अध्यक्ष केसीले अवार्डको तयारी देखेर आफूहरु पनि छक्क परेको बताए।

उनीहरुले कतारमा अवार्ड आयोजना हुने स्थान (हल) र तयारीको बारेमा जानकारी लिनेछन्। उनीहरु सोमबार नेपाल र्फकने र नेपालमा अवार्डको तयारीमा लाग्नेछन्। अहिले नेफ्टा अवार्डका लागि धमाधम चलचित्र हेर्ने काम भैरहेको जानकारी मिडिया संयोजक विजय सुवेदी आवाजले दिएका हुन्।

SUBSCRIBE 👉