पुजना भन्छिन “कथा प्रति न्याय हुन्छ भने न्युड दृश्य दिन पनि तयार छु!”


pujana pradhan hot३३ डिग्रीको उखरमाउलो घामले हंगकंग सहर मज्जाले राप्पीएको थियो। यस्तो मौसममा फोटोसुट गर्नु पक्कै सहज थियन। यद्धपि पुजना गर्मीलाई चुनौती दिन तयार भईन अनि हाम्रो गन्तब्य बन्यो सहर छेउमा अवस्थित विशाल पार्क ‘ वेस्ट काउलुन वाटरफ्रन्ट’ । यहाँ बाट समुद्रपारी देखिने हंगकंग सहरको दृश्यले जो कसैको मन लोभ्याउञ्छ। पुजना यसबाट अछुतो रहने कुरै थियन। फोटोसुट सुरु के भएको थियो, सटै पिच्छे वेपरवाह पोज माथि पोज थप्दै गईन।

दुई दिन अघि मात्र हंगकंगमा पूजनाको चलचित्र “चकलेट” को प्रिमिएर गरिएको थियो। अधिकांश दर्शकले चलचित्र नाम जस्तै गुलियो भएको प्रतिक्रिया दिएकाले पनि उनि त्यसै दङ्ग थीइन।

pujana pradhanएक दशक अघि पूजनाको स्विमिङ्ग सुट तस्वीरले बजार गर्माएको थियो। नेपाली चलचित्रमा उनी पहिलो नायिका हुन् जसले यो हिम्मत गरिन। त्यस्तै पहिरनमा अझै एकपटक फोटो सुट गर्ने रहर छ उनमा। ग्यामरस नायिकाको छवि बनाएकी पुजना आफ्नै कथा र निर्माणमा बनेको चलचित्र चकलेटमा भने फोहोरी देखिने सडक युबतिको भूमिकामा छिन। यसो भनेर अव उनले धार नै परिवर्तन गरेकी भने होइनन। पुजना भन्छिन ‘कथा प्रति न्याय हुन्छ भने न्युड दृश्य दिन पनि तयार छु, जबर जस्ती लाद्नु पो भएन।’
– शब्द / तस्विर : निर्मल श्रेष्ठ | कान्तिपुर साप्ताहिक मा प्रकाशित

SUBSCRIBE 👉