शम्भुजितलाई धर्मराज-सावित्री सम्मान


धर्मराज थापा सावित्री गुठीले वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटालाई ‘धर्मराज-सावित्री सम्मान’बाट सम्मानित गरेको छ।

Sambhujit Baskotaनेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गत शुक्रबार आयोजना गरिएको कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बासकोटालाई २५ हजार रुपैंयाासहित ताम्रपत्रबाट सम्मानित गरेका हुन् । कार्यक्रममा बासकोटाले जनकवि केशरी धर्मराज थापाका बारे चर्चा गरेका थिए।

कार्यक्रममा धर्मराज थापा सावित्री गुठी अध्यक्ष मदनराज थापाले सम्मानित स्रस्टा र पुरस्कार बारे प्रकाश पारेका थिए भने धर्मराज थापाकी सुपुत्री ज्ञानु राणाले स्वरस्वती बन्दना गाएकी थिईन्।

SUBSCRIBE 👉