प्रशिक्षणमा व्यस्त मोडल हन्ट


काठमाडौ । नेक्स्ट मोडल नेपालले राजधानीमा आयोजना गर्न लागेको ‘मोडल हन्ट नेपाल २०१५’का प्रतियोगीहरु हाल प्रशिक्षणमा व्यस्त छन् । यो प्रतियोगितामा ३३ युवती र ३८ युवाले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।
Model Huntप्रतियोगीहरुले राजधानीको तिनकुनेस्थित ग्रिन क्याफेमा रनवे, व्यक्तित्व विकास, आरजे÷भिजे, फोटोग्राफी, फोटो सुट, सञ्चारकला, स्टेज परफरमेन्सलगायत बिषयमा प्रशिक्षण लिईरहेका छन् । ‘आफुमा भएको प्रतिभा निखार्दै अगाडि आउन प्रशिक्षण महत्वपुर्ण रहेको छ’ प्रतियोगिताका सहभागी क्रिस राइले भने ‘उपाधि त पछिको कुरा हो, पहिले यसले आफ्नै प्रतिभाको विकास गर्छ ।’ अर्की प्रशिक्षार्थी शिवानी मल्लले प्रशिक्षणले आफुलाई स्थानीय तहबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने बनाएको बताइन् । प्रशिक्षण साउन २१ सम्म चल्नेछ ।

नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता सुरुवात गरिएको नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । प्रतियोगीतामा जर्मनी फेसन डिजाइनर मारिया स्टेलाले युवती र नेपाली फेसन डिजाइनर सन्तोषी श्रेष्ठले युवाको पहिरन डिजाइन गर्नेछन् ।

शिर्षसहित आधा दर्जन उपविधामा पुरस्कृत गरिने प्रतियोगीतामा विजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया, फिल्ममा प्रमुख अभिनेता वा अभिनेत्रीसँगै म्युजिक भिडियोमा अभिनयको अवसर पाउनेछन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् ।

SUBSCRIBE 👉