श्रीमतिलाई भेट्दा पलको यस्तो पीडा


काठमाडौँ । विदेशमा काम गरेर घर फर्कदा श्रीमति परपुरुषसँग रोमान्स गरिरहेको भेटेपछि श्रीमानको अवस्था के होला ? गायक किरण इजम लिम्बुको नयाँ गीत ‘नयनभरी तिम्रो तस्वीर’को भिडियोलाई एकपटक हेर्दा जोकोहीले पनि सहजै अनुमान लगाउन सक्छन् ।
Paul Nishaविज्ञान राईको सम्पादन र निर्देशनमा बनेको भिडियोमा पल शाह र निशा लिम्बुले फिचरिङ गरेका छन् । जसमा पल विदेशबाट फर्किएका श्रीमानको भूमिकामा छन् । उनी घरमा आउँदा निशा परपुरुषसँग ओछ्याउनमा रोमान्स गरिरहेको अवस्थामा भेटिन्छिन् ।

‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ‘मैले यो गीतमा धेरै मिहेनत गरेको छु’, सातवर्षपछि दोश्रो एल्बम लिएर आएका किरणले भने, ‘यो गीतले मलाई ‘ओझेल’ बाट बाहिर ल्याउन मद्धत गर्छ भन्ने आशा राखेको छु ।’ ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विवाहेत्तर सम्बन्धको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

SUBSCRIBE 👉