भोलाको सांगीतिक चन्द्रगढीमा


काठमाडौं । गीतकार भोला अधिकारीको लय रहेको पूर्वेली लोकभाका ‘चन्द्रगढीमा’ सार्वजनिक भएको छ । रंगकर्ममा रहेर पूर्वेली लोक गीत शब्द संकलन गर्दै आएका अधिकारीले यो एल्बममा भने संगीत दिएका छन् ।
Chandragadima Albumआर बी थापाको शब्द तथा लगानीमा आएको एल्बममा थापाले झापाको चन्द्रगढीलाई चिनाउन खोजेका छन् । संगीतकार अधिकारीका अनुसार एक गीत मात्र रहेको एल्बमले झापाको सेरोफेरोका साथै माया प्रेमका कुराहरु समेटेको छ ।

विदेशी भुमिलाई कर्म थलो बनाउदै आएका गीतकार थापाले नेपाल आएको मौकामा आफ्नो कोसेली स्वरुप एल्बम स्रोता माझ ल्याएको बताए । एल्बममा लोकगायक बुद्धबहादुर खत्री र गायिका सीता खपागींको स्वर रहेको छ । एल्बमलाई अनिता म्युजिक सेन्टरले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉