‘नाई नभन्नू ल ४’ का लागी नयाँ अनुहारको खेाजी


सुपर हिट चलचित्र ‘नाईं नभन्नू ल’को निर्माण हुन लागेको चौथो सिक्वेलमा मुख्य भूमिकाकालागि नयाँ कलाकारको खोजी गर्न थलिएको छ। निर्देशक बिकास आचार्यले स्थापित अभिनेताहरु सँग आफूलाई आवश्यक समय उपलब्ध नभएका कारण देखाऊदै अभिनयमा रुची भएकालाई सम्पर्कमा आउन आग्रह गरेका छन्।

Nai Nabhannu La 4आचार्यलाई १७ देखि २५ वर्षको उमेर पुगेका अभिनयमा रुची भएका जोकोहीले पनि सम्पर्क गर्ने सक्ने छन्। फिल्म भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ। फिल्ममा अनुभव रेग्मी र प्रियंका कार्की लगभग पक्का पक्कि भईसकेका छन्।

‘नाई नभन्नू ल’का यस अघिका तीनै शृंखला सुपर हिट भएका थिए। तेस्रो शृंखला निर्देशनको जिम्मा सहायक निर्देशक मुस्कान ढकाललाई दिएका आचार्यले चौथो शृंखला आफै निर्देशन गर्ने भएका छन्।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ। राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतहरुको रेकर्डिङ कार्य समेत सकिईसकेको छ।

SUBSCRIBE 👉