गरिमाले छोएरै चिनिन् विरेनलाई


garima-panta-biren-shrestha-mann-le-mann-lai-chhunchha

Biren Shrestha and Garima Panta

ग्ल्यामर नेपाल, काठमाडौं । स्वर्गिय निर्देशक शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को गीत हालै यु ट्युब मार्फत सार्वजनिक गरिएको छ। ‘छुँदैमा चिनियो’ बोलको उक्त गीतमा विरेन श्रेष्ठ र गरिमा पन्तले रोमान्स गरेका छन्। वसन्त सापकोटाको संगीत रहेको यो गीतका रचनाकार स्वर्गिय निर्देशक रेग्मी नै हुन्। हिमग्याप टासीले विरेन र गरिमालाई नचाएका हुन्।

Click on Title To Watch Movie Song

# “Manle Manlai Chunchha” Title Song

# Chhudaima Chiniyo ….. 

नववर्षको अवसरमा पारेर चैत्र २८ गते रिलिज हुन लागेको ‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो। अभिनेता विरेन र सुनिल सिटौलाको संयुक्त लगानी रहेको यो फिल्म करिब ३ वर्ष अगाडि नै सुटिङ सकिएको थियो। तर विविध कारणले फिल्म रिलिजमा ढिलाई भएको निर्माण पक्षले जनाएको छ। रिलिजमा ढिलाई भएपनि सदाबहार खालको कथा भएकोले व्यापारमा कुनै असर नपर्ने बताइएको छ। मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको ‘मनले मनलाई छुन्छ’मा विरेन र गरिमाको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ। स्क्रिप्ट रेग्मी र मौनता श्रेष्ठको हो भने एक्सन हिमाल केसीको रहेको छ। शम्भू सापकोटाले खिचेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।

View More Photos of Manle Manlai Chunchha – Click Here

SUBSCRIBE 👉