सुध्रीएन नेपाली चलचित्र ! कथावस्तु, संवादमा सवैभन्दा कमजोरी


नेपाल चलचित्र प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि फिल्म हेर्ने काम सकिएको छ। करिब ४७ वटा फिल्म हेरिएको जानकारी आयोजकले दिएको छ। साउन १५ गते नेफ्टाले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ। वकर इदको दिनमा अवार्ड कतारमा आयोजना हुनेछ।Keki Adhikari Dayahang Rai Priyanka Karki Nepali Celebrities Photoअवार्डका लागि जुरीमा नारायण पुरी, भरत शाक्य, विशेष श्रेष्ठ, विरेन्द्र हमाल, रक्षा सिंह राणा र करुण थापा थिए। उनीहरुले नेपाली फिल्ममा कथावस्तु, संवादमा सवैभन्दा कमजोरी रहेको औल्याएका छन्।

जुरी मध्येका एक भरत शाक्यका अनुसार अझै पनि लेखन, कथावस्तु, पटकथा कै अभाव नेपाली फिल्ममा देखिएको बताउछन्। पुराना भन्दा नयाँ फिल्मीकर्मीको शैली राम्रो रहेको उनले बताए। रंगमञ्चमा काम गर्नेको एक्सप्रेसन राम्रो भएपनि मुभमेन्ट नभएको उनले खुलाएका छन् ।

जुरीहरुका संयोजक नारायण पुरीका अनुसार हरेक विधामा आ आफ्नै मापदण्ड बनाएर मुल्यांकन गरिएको छ। निर्देशकलाई हेर्दा उसको कथा भन्ने तरिका, कलाकारको छनोट र अभिनय गराउने शैली, क्यामेरालाई पात्र र बिषय अनुसार प्रस्तुत गर्ने शैलीलाई हेरिएको छ। यस्तै, निर्देशक आफूले रोजेको बिषयमा कती स्पष्ट छ भन्ने कुरा पनि मापदण्डमा राखिएको उनले बताए। हरेक विधामा यसरी नै मापदण्ड बनाइएको र त्यसै अनुसार हरेक जुरीले अंक दिएको पुरीले बताए।

जुरीमध्येका अर्का एक विरेन्द्र हमालले पनि नेपाली फिल्ममा सोच, प्रस्तुती, पटकथा लगायतका कुरामा सवैभन्दा कमजोरी रहेको औल्याए। उनले कलाकारको अभिनयमा वास्तविकता नै नभएको गुनासो गरे। फिल्ममा वास्तविकता र द्धन्द्धको मिश्रण हुनुपर्ने भएपनि नेपाली फिल्ममा त्यो नदेखिएको उनको भनाई छ।

नेपाली फिल्मको सवैभन्दा सवल पक्ष प्राविधिक भएको जुरी करण थापाले बताए। उनका अनुसार प्राविधिक पक्ष उत्कृष्ट भएकाले मुल्यांकन गर्न केही अप्ठ्यारो हुनेछ। नेपाली फिल्म आयतीत सोच र आयतीत बिषयवस्तुबाट अझै बाहिर नगएकाले कथाको उठानमा समस्या देखिएको अधिकांश जुरीको भनाई छ। तर, पनि यसपटकको नेफ्टा अवार्डमा केही विधामा चर्को प्रतिस्पर्धा हुने उनीहरुले बताए।

साउन १५ गते मनोनयन सार्वजनिक गरेपछि अवार्डको अन्य तयारी थालिने संयोजक शिव पुरीको भनाई छ। चलचित्र प्राविधिक संघले यसअगाडि मलेसिया र हङकङमा अवार्ड आयोजना गरेको थियो।

SUBSCRIBE 👉