तीज गीतमा भारतीय आइटम डान्सर


काठमाडौं । भारतीय तथा भोजपुरी गीतहरुमा आइटम डान्स गर्ने कलाकार तथा मोडल निरुता क्षेत्रीले एउटा तिज विशेष गीतमा कम्मर मर्काएकी छन् । निर्देशक शिव विकले निर्देशन गरेको ‘मलाई पनि सिकाईदेउन् पार्वती’ बोलको गीतमा निरुताले नृत्य गरेकी हुन् ।
Niruta Cheetriशिब फोर एस मिडियाको ब्यानरमा निर्माण गरिएको गीतको भिडियोलाई शम्भु चालिसेले खिचेका छन् । निर्देशक शिव विकले निरुताको काम तारिफयोग्य भएको बताए । गीतमा रमेश बिजीको शब्द र बि बि अनुरागीको संगीत रहेको छ । गीतमा निरुताकै स्वर रहेको छ ।
Niruta Dance‘मलाई नाँच्न एकदम मनपर्छ, म सफल हुन कै लागि अहिले संघर्ष गर्दैछु ।’ निरुताले भनिन् । भिडियो शनिवार सार्वजनिक हुँदैछ ।

SUBSCRIBE 👉