सरोजको अध्यक्षतामा अनेकसको गठन, असोजमा अवार्ड


Saroj Khanalकाठमाडौं । पुराना अभिनेता सरोज खनालको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को नेपाल समिति गठन गरिएको छ । राजधानीका बुधबार बेलुका पत्रकार सम्मेलन गर्दै समाजको नेपाल समिति गठन गरिएको जानकारी दिएको हो ।

समितिको उपाध्यक्षमा रुपा राना र प्रकाश सुवेदी, महासचिवमा अनुपकुमार बराल, सचिवमा आकाशबाबु खवास, कोषाध्यक्षमा कृष्णभक्त महर्जन, सहकोषाध्यक्षमा इन्दिरा जोशी र सदस्यमा शंकर वीसी, बाबु बोगटी, राजेश घतानी छन् ।
Groupकार्यक्रममा दिईएको जानकारी अनुसार अनेकसले असोज २५ र २६ गते फिल्म अवार्ड गर्ने भएको छ । जर्मनी र नेदरल्याण्डमा अवार्ड गरिसकेको संस्थाले काठमाडौंमा ११ विधाको अवार्ड गर्न लागेको हो । अनेकसका ग्लोबल अध्यक्ष पुष्प बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा सरोज खनालले नेपाली फिल्मलाई विदेशी बजारमा लैजान प्रयत्न गर्ने बताए ।

SUBSCRIBE 👉