मिस टिन कलेजको आवेदन खुल्ला


काठमाडौ । कलेज युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टिन कलेजको तेस्रो सिजनका लागी आवेदन खुल्ला गरिएको छ । सिजन मिडियाले आयोजना गर्ने प्रतियोगिताका लागि भदौ पहिलो सातासम्मका लागि आवेदन फाराम खुल्ला गरिएको छ।
Miss Teen Collegeउपत्यका तथा मोफसलका कलेजमा अध्ययनरत १५ देखि १९ वर्ष उमेर समूहका टीनएजर्स युवतीहरुले प्रतियोगीतामा सहभागिता जनाउन सक्नेछन् । सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले आगामी भदौ ५ गते पहिलो चरणको छनौट हुने प्रतियोगीतामा अन्तिम चरणका लागी ३० प्रतियोगी छानिने बताए । उनका अनुसार छनौंट भएकालाई भदौ ६ गतेबाट पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षणका दिईनेछ ।

रोजीन शाक्यको कोरियोग्राफी रहने प्रतियोगीताको शिर्ष बिजेताले ताज सहित रु १ लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मोबाइल ट्याव साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको फिनाले असोजको पहिलो साता हुनेछ ।

SUBSCRIBE 👉