नवलको तारा विना जुन सार्वजनिक


काठमाडौं । पछिल्लो समय एल्बमभन्दा पहिले म्युजिक भिडियो रिलिज गर्ने क्रम बढ्दो छ । यही शैली पछ्याउँदै गायक नवल राईले पनि आफ्नो एकल एल्बम ‘आश’मा समेटिएको गीत ‘तारा विना जुन’को भिडियो सार्वजनिक गरेका छन ।
Nawal Rai‘एल्बम रिलिज गर्नुभन्दा अगाडी श्रोता दर्शकमाझ एउटा म्युजिक भिडियो ल्याएको हुँ’, भिडियो सार्वजनिक कार्यक्रममा गायक नवलले भने, ‘यो मलाई मनपर्ने गीत भएकाले एल्बमभन्दा अगाडि नै रिलिज गरेको हुँ।’ यस गीतमा सनम पुरुषको शब्द र ओमप्रकाश राईको संगीत रहेको छ ।

नम्रता योगी, सिजन राई, श्याम नेपालीले मोडलिङ गरेको यस म्युजिक भिडियोको निर्देशन गायक नवल आफैंले गरेका छन । भिडियो तिनपिप्ले भ्युटावर, काठमाडौंलगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

सुनसरीको इनरुवा निवासी गायक नवल सानैदेखी गायनमा रुची राख्थे । कृष्ण योञ्जनबाट शास्त्रीय संगीत सिकेका उनी अहिले रेडियो नेपालमा गायन सम्बन्धी प्रशिक्षण लिईरहेका छन् ।

SUBSCRIBE 👉