अशिष्माको साउने होली


काठमाडौं । अभिनेत्री तथा मोडल अशिष्मा नकर्मीले साउन महिनामै होली खेलेकी छन् । सेतो कुर्ता र रातो सुरुवालमा सजिएकी अशिष्माले गोदावरीस्थित अभिनेत्री करिश्मा मानन्धरको स्टुडियोमा शुक्रबार होली खेलेकी हुन् ।
Ashishma Nakarmiउनले यो होली वास्तविक रुपमा भने खेलेकी होईनन् । थारु समुदायमा चर्चित रहेको गीत ‘ओए लब्ली’को भिडियो छायांकन गर्दा उनले होली खेलेकी हुन् । उनले थारु समुदायका मोडल नरेश जोगी होली खेलिन् ।

प्रकाश मिश्रको शब्द र टंक बुढाथोकीको संगीत तथा स्वरमा रहेको गीतको भिडियोका निर्देशक गोविन्द मुखिया हुन् । गीतको थारु भर्सनमा नरेशलाई मोडल सुजना ढकालले साथ दिएकी थिइन् भने नेपाली भर्सनमा अशिष्मा देखिएकी हुन् । राजु केसीले खिचेको भिडियोमा कोरियोग्राफी रुपेश उप्रेतीले गरेका छन् । ‘भिडियोमा नयाँ स्वाद दिने प्रयास स्वरुप छायांकन गरेका छौँ । चाँडै रिलिज गर्नेछौ’, निर्देशक मुखियाले भने ।

SUBSCRIBE 👉