नागरिकको शुरु छाडेर सार्वजनिक


काठमाडौं । फिल्म ‘नागरिक’ मा रहेको गीत ‘सुरु छोडेर पात बजाउँदै’ सार्वजनिक भएको छ । मगर संस्कृति झल्कने चुट्काको साँगीतिक भिडियोमा नवकलाकारले नृत्य गरेका छन् ।
Nagarik Songविमल पौडेल निर्देशित फिल्म राजनीतिक कथा वस्तुमा आधारित छ । गीतमा लक्ष्मण शेषको संगीत तथा अर्जुन सुनाम र टिका पुनको स्वर रहेको छ भने शब्द पुष्प आचार्यको छ । गीतमा मनोज लामाको कोरियोग्राफी छ ।

विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्त र राहुल केसीको अभिनय रहेको फिल्मको यसै साता प्रदर्शन मिति तय हुँदैछ । फिल्मका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् भने आयुश्री राजभण्डारी र सर्भानी राज्य दुलालको लगानी रहेको छ ।

SUBSCRIBE 👉