७० हलमा सपना तिम्रो मेरो


काठमाडौं । भूकम्प साम्य भएपछि फिल्म क्षेत्र विस्तारै तङ्रिरहँदा निर्माता तथा निर्देशक ऋषिराज आचार्यको फिल्म ‘सपना तिम्रो मेरो’ आगामी शुक्रबारबाट नेपालका ७० वटा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
Sapana Timro Meroफिल्मबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फिल्मका लेखक समेत रहेका निर्देशक ऋषिराजले बैशाख १२ को भुकम्पपछि दर्शकले स्टार कलाकारले अभिनय गरेको नया“ नेपाली फिल्म हेर्न नपाईरहेको बेला आफ्नो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा फिल्मका कलाकार सबिन श्रेष्ठ, सुशान्त कार्की, नवनायिका जान्वी बोहोरा, सुजनी केसी, रश्मी भट्ट, अर्जुन श्रेष्ठलगायतले फिल्ममा आफ्नो भूमिका बारे बोलेका थिए । काठमाडौं, मुडेलगायतका ठाउमा सुटिङ गरिएको फिल्ममा सम्राट थापाको द्धन्द्ध निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी,अर्जुन पोखरेलको संगीत, नवीन निरौलाको सम्पादन र राहुल राईको छायांकन छ । फिल्मका वितरक रोहित–रत्न हुन् ।

SUBSCRIBE 👉