वर्षा र जीवनले पकाउलान् काफल ?


काठमाडौं । अभिनेता जीवन लुँइटेलको फिल्मी चरित्र प्राय गम्भीर र चकलेटी हुन्छ । उनले अभिनय गरेका अधिकांश फिल्ममा उनको संवाद लामो र दार्शनिक किसिमको हुन्छ । तर माघ १ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘काफल पाक्यो’मा उनी विवाह गर्न लागेको एउटा सोझो चरित्रको युवाको भूमिकामा देखिँदैछन् ।
Jiwan Barshaफिल्म युनिटले मंगलबार बेलुका राजधानीमा आयोजना गरेको अडियो र ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता जीवनले फिल्ममा आफु अन्य फिल्म भन्दा फरक भूमिकामा प्रस्तुत भएको बताए । फिल्मको सार्वजनिक ट्रेलरमा पनि उनलाई उनको भनाईकै शैलीमा देखाइएको थियो ।

रेडपान्डा डान्स एण्ड मुभी हाउसको व्यानरमा बनेको फिल्ममा जीवनले नवनायिका वर्षा राउतसँग रोमान्स गरेका छन् । फिल्ममा हिरोनीका रुपमा प्रस्तुत भए पनि वर्षालाई ट्रेलरमा ‘हिरो’कै रुपमा देखाइएको छ । फिल्मकी निर्देशक सावित्री खत्री हुन् । उनको यो पहिलो फिल्म हा । जीवन र वर्षाबाहेक लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राईलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।
Kafal Pakyoफिल्ममा विकास चौधरीको संगीत, प्रदिप भारद्वाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्राचार्यको छायांकन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन छ । सुरेश राउत र उपेन्द्र सुवेदी निर्माता रहेको फिल्ममा लक्ष्मी केसी कार्यकारी निर्माता छिन् ।

SUBSCRIBE 👉