भदौ २४ मा तिज अवार्ड


काठमाडौं । छाँयाछवि क्रिएसनले आगामी भदौ २४ गते दोस्रो संस्करणको तिज म्युजिक अवार्ड गर्ने भएको छ । तिजमा अनगिन्ती गीतहरु बाहिर आईरहँदा ती गीतका स्रष्टाहरुले कुनै सम्मान नपाएपछि उनीहरुको कामको कदर गर्न अवार्ड गर्न लागिएको आयोजकले जनाएका छन् ।

Teej Awardअवार्डकी सदस्य सचिव गीता अधिकारीले विज्ञप्ति जारी गर्दै अवार्डमा तीजको सांस्कृतिक प्रस्तुतिसहित सहभागीलाई दर खुवाएर रिति एवं परम्पराको सम्मान गर्दै कार्यक्रमलाई मौलिक एवं भव्य बनाइने जनाइएको छ ।

अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायिका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल –महिला–पुरुष), छाँयाकार, सम्पादक विधामा आफ्नो गीतलाई भाद्र १५ भित्र दर्ता गरिसक्नु पर्ने प्रावधान आयोजकले राखेका छन् । यी ११ विधा सहित लोकप्रिय तीज गीत अवार्ड समेत उक्त अवसरमा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

SUBSCRIBE 👉