‘सुब्बा साब मै हुँ’–सरोज खनाल


काठमाडौं । फिल्म ‘मानव’ पछि अभिनेता सरोज खनाल अर्को फिल्म ‘सुब्बा साब’मा लिड रोलमा देखिने भएका छन् । शुभ सक्षम म्युजिक प्रा.लि. र आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्मका निर्देशक राजु अधिकारी हुन् ।
Saroj Khanalराजधानीमा शनिवार आयोजित फिल्मको मुहुर्त कार्यक्रममा अभिनेता सरोजले सत्र वर्षपछि पनि फिल्म क्षेत्रमा आउँदा निर्माता र निर्देशकले पत्याईदिएकोमा धन्यवाद दिए । ‘फिल्मको सुब्बा साब मै हुँ’सरोजले भने,‘अमेरिकामा बसेर नेपाल फर्किदा म फिल्म गर्छु या गर्दिन भन्ने कुनै योजना थिएन, सत्र वर्ष अगाडि मैले छोड्दा खेरी १५,१६ वर्षदेखि मेरा दर्शकहरु जो हलमा आउनुभएको थिएन, वहाँहरुलाई अवश्य पनि एकपटक तान्न सक्छु भन्ने मलाई विश्वास छ ।’

इञ्जिनियर जीवन अर्याल, कुलचन्द्र पाण्डे र रामबहादुर कोइरीले निर्माण गर्न लागेको फिल्ममा सरोजका साथमा गौरी मल्ल, जीवन लुँइटेल, गणेश उप्रेती, वर्षा शिवाकोटी, रामचन्द्र अधिकारी, सुवास गजुरेल, दीपक ढकाल, अर्जुन गौतम, जाहन्वी बस्नेत र मञ्जिता केसीको अभिनय रहनेछ ।

फिल्मका निर्देशक राजुका अनुसार फिल्मले गाउँमा बसेर सरकारी सुब्बाको जागिर खाने एक पात्रलाई उनका शहरमा बस्ने सन्तानले गर्ने व्यवहार र जीवनका उतारचढावलाई प्रस्तुत गर्नेछ । फिल्ममा हिरामणि न्यौपाने कार्यकारी निर्माता छन् भने उनैको कथा, संगीत पनि रहनेछ । मौनता श्रेष्ठको पटकथा संवाद र पवन गौतमको छायांकन फिल्ममा हुनेछ ।

SUBSCRIBE 👉