आँचल मिस प्लस टु नेपाल


काठमाडौं । युहान इन्टरनेशनल इभेन्टले राजधानीमा आयोजना गरेको ‘दोस्रो मिस प्लस टु नेपाल–२०१५’को उपाधि चावहिलकी आँचल दवाडीले चुमेकी छन् । उनले शीर्ष उपाधिसँगै बेस्ट पर्सनालिटीको अवार्ड पनि पोल्टामा पारिन् ।
Miss Plus Twoप्रतियोगितामा ललितपुरकी सागरिका मल्ल ठकुरी ‘फस्ट रनर अप’सँगै ‘मिस कन्जियनालिटी’ र स्नेहा पौडेल ‘मिस ट्यालेन्ट’सँगै ‘सेकेण्ड रनर अप’ बनिन् । विधागततर्फ ‘मिस मल्टिमिडिया’को उपाधि सितु श्रेष्ठले, ‘मिस फोटो जेनिक’को उपाधि निशा थापा क्षत्रीले, ‘मोस्ट पपुलर’को उपाधि सजना सिग्देलले, ‘भिवर्स च्वइस’ सुविधा न्यौपानेल, ‘मिस क्वाटवाक’को उपाधि रोजी कार्कीले र ‘म्यानेजमेन्ट च्वइस्’को उपाधि आरती खड्काले प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा चलचित्र निर्देशक एवं सञ्चारकर्मी डब्बु क्षत्री, चलचित्र निर्देशक प्रणब जोशी, अभिनेत्री अनिता आचार्य, अभिनेता÷चिकित्सक आयुष्मान घिमिरे, बैंकर रबिना देशराज श्रेष्ठ जोशी, सञ्चारकर्मी सुमित प्रताप जबरा, इभेन्ट म्यानेजर अनुप सक्सेना, फेशन व्यबसायी श्वेता सिरोहिया रोक्का थिए ।

प्लस टु तहका युवतीहरुको प्रतिभा प्रस्तुति, व्यक्तित्व विकाश, सञ्चारमा पहुँचका लागि गतवर्षबाट ‘मिस प्लस टु नेपाल’ आयोजना गरिएको आयोजक सँस्थाका निर्देशक सानु खानले बताए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

SUBSCRIBE 👉