शिवद्वयलाई श्रीकृष्ण स्मृति सम्मान


Shiva Shresthaकाठमाडौं । नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनय गर्ने अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्थापित ‘श्रीकृष्ण श्रेष्ठ स्मृति कला सम्मान’ अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा शिवलाई १ लाख ११ हजार १ सय ११ रुपैंयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिएको हो ।
Goma Regmiत्यस्तै स्वर्गीय निर्देशक शिव रेग्मीलाई मरणोपरान्त ‘विशेष सम्मान’बाट सम्मानित गरिएको थियो । कार्यक्रममा उपस्थित भएकी रेग्मीकी श्रीमति गोमालाई ५१ हजार रुपैंयाँ राशीसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । सम्मानित दुवैलाई सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सम्मान गरेका थिए ।
Shree Krishnaश्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा श्रीकृष्णको सम्झनामा प्रकाशित पुस्तक ‘अम्मर नायकको सम्झना’को विमोचन गरिएको थियो । पुस्तकका लेखक पत्रकार श्याम स्मृत हुन् । कार्यक्रममा अभिनेता श्रीको बारेमा निर्माण गरिएका दुई वृत्तचित्र देखाइएको थियो ।

गत वर्ष निधन भएका अभिनेता श्रीकृष्णको शवयात्रा हेर्नुहोस्

SUBSCRIBE 👉