रंगीन पर्दामा कविशाको यौवन


kabisha-shrestha

Kabisha Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । रंगीन पर्दामा आफ्नो रुप देखाएर रमाउन चाहने युवतीका कमी छैन् नेपाली चलचित्र नगरीमा। यी मध्येमा पर्छिन कविशा श्रेष्ठ। कविशा पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएकी अभिनेत्री हुन्। चलचित्र क्षेत्रमा बेग्लै पहिचान बनाउन उनी संघर्षरत छिन्।

दोलखाकी स्थायी निवासी कविशा पछिल्लो केही समयदेखि राजधानीमै बसोबास गर्दैछिन्। उनको राजधानीको बसाइको उदेश्य पनि कलाकारीतामा आफ्नो लक्ष्य प्राप्त गर्नु हो। केही समययता कलाकारिता राम्रो हुँदै गएको उनको बुझाई छ। कलाक्षेत्र राम्रो भएकोले पनि यसैमा भविष्य बनाउन आफु लागी परेकी उनले बताइन्। भनिन्, ‘मेरो केवल यसक्षेत्र प्रतिको आकर्षण मात्र हैन। यसैमा केही गर्ने सोच पनि छ।’

‘छल ’र ‘स्पर्स’ ‘डन ब्रेक माई हट’लगायत केही चलचित्रमा अभिनय क्षमता देखाउनुका साथै यी चलचित्रबाट अभिनयको अनुभब पनि संगाली सकेकी छन् कविशाले। सुकोमल अनुहार र गुलाबी गोठ र लजालु बानी छ कविशाको तर चलचित्रमा भने स्ट्रोङ भुमिका गर्न समेत मन पराउँछिन्। हालै छायांकन सकिएको चलचित्र ‘डन्ट ब्रेक माई हार्ट’ मा एक्शन रोल गरेकी छन्।

‘डन्ट ब्रेक माई हार्ट’ चलचित्रमा मैले एक्सन लेडिको भुमिका निर्बाह गरेकी छु’, चलचित्र अभिनय बारे कविशाले भनिन्, ‘भुमिका निकै आर्कषक पनि छ। एक्सनका लागी निकै मेहनत पनि गर्नु पर्‍यो।’ अन्यको भन्दा बिल्कुलै नौलो खालको एक्सन चलचित्रमा आफुले गरेको उनले सुनाउन पछि परिनन्।
कला क्षेत्रमा रुपले मात्र पुग्दैन भन्ने सायद उनले राम्ररी बुझेकी हुनुपर्छ। त्यसैले पनि वीरेन्द्र हमालसंगको अभिनय प्रशिक्षण पछि मात्र कलायात्रा उनले सुरु गरेकी हुन्।

SUBSCRIBE 👉