मिलन गीताको सांगीतिक मिलन गीता


काठमाडौं । मोरङमा बसेर संगीतमा सक्रिय रहेका गायक मिलन श्रेष्ठले श्रीमति गीता गुरुङ श्रेष्ठसँग सहकार्य गर्दै डेब्यु एल्बम ‘मिलन गीता’ श्रोतामाझ ल्याएका छन् । दशकदेखि संगीतमा सक्रिय मिलनले एक वर्षको अथक प्रयासपछि पहिलो एल्बम ल्याएका हुन् ।

Milan Geetaएल्बममा ‘सरर बसैको झयालैमा बसौंला’,‘तिम्रो माया म धेरै गर्छु’, ‘मेरो चञ्चले जवानी फुल्नै लाग्यो’, ‘तिमी बिना जिउन गाह«ो भो’ र ‘भावनामा डुबाई डुबाई कहाँ’ बोलका गीत छन् । गीतमा आशुमान लामा, राजनराज शिवाकोटी र कमल खत्रीको शब्द संगीत छ । ६ वर्ष मोरङमा र ३ वर्ष काठमाडौंमै संगीत सिकेका उनलाई संगीत प्रति सानैदेखि रुची रहेछ ।

लोक, पप, आधुनिक र आरएण्डबी फ्लेबरका गीत रहेको एल्बमको ‘सरर बसैको’ बोलको गीतको म्युजिक भिडियो पनि तयार सार्वजनिक भईसकेको छ । अब दुईवटा गीतको भिडियो बनाउने तयारी भईरहेको २९ वर्षे गायक श्रेष्ठले बताए ।

SUBSCRIBE 👉