छविको सांगीतिक छवि


काठमाडौं । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक छविलाई स्वदेशमा नै पस्कन सफल भएका छविकिरण भट्टराईले नयाँ सांगीतिक कोशेली ल्याएका छन् । मनभरि स्वदेशको माया बोकेर परदेशिएका गायक छवि किरणले पाँच वर्षअघि ‘मूल्य’ एल्बम बजारमा ल्याएका थिए ।
Chabi Ramanस्याङ्जाको मिर्मिमा जन्मिएका छवि किरणले ‘तिमी चाहिँ मुुसुमुसु मुस्काएर दिल चोर्ने’ बोलको गीत श्रोतामाझ ल्याएका हुन् । दिपक शर्माको संगीत र श्रीमती कविता भट्टराईको शब्दमा तयार भएको गीतमा काव्य आचार्यले पनि स्वर दिएकी छन् ।

बाल्यकालबाटै सांगीतिक मोह भएका छविकिरण औपचारिक रुपमै संगीतमा लागेको १२ वर्ष बितिसकेको छ । पहिलो एल्बम मूल्यबाटै सफलता हासिल गरेका छविकिरणले हालसम्म २० वटा जति गीत रेकर्ड गराइसकेका छन् । उनको यो सफलताको बाटो उनी एक्लैले भने कोरेका होइनन् । उनलाई सफल बनाउन उनको परिवार र उनकी जीवन संगीनीको ठुलो हात छ । यूएईको इण्डियन क्लबमा गाउँदै आएका छविकिरणले आफ्नो सांगीतिक पहिचानलाई उच्च बनाउनका लागि नेपाल आएर बेलाबेलामा गीत रेकर्ड गर्ने गरेका छन् ।

SUBSCRIBE 👉