पशुपति दर्शनार्थीलाई ‘झोले’को यातायात सुविधा


jholay-nepali-movie-van

Nepali Movie Jholay – Transport to Pashupati Nath Temple

ग्ल्यामर नेपाल काठमाडौं । गत शुक्रबारबाट सफलतापूर्वक चलिरहेको फिल्म ‘झोले’ युनिटले आज शिवरात्रिको अवसरमा एउटा भिन्न खालको सेवामुलक काम गरेको छ । निर्माण युनिटले काठमाडौंका विभिन्न क्षेत्रमा भ्यान उपलब्ध गराएर दर्शनार्थीहरुलाई पशुपति मन्दिरसम्म पुराएको हो । भ्यानमा फिल्मको ठूला–ठूला पोस्टरहरु टाँगिएको थियो । जसका कारण सेवासँगै फिल्मको प्रचार पनि भएको छ । फिल्ममा ‘बम भोले’ बोलको गीत पनि बजाईदै निर्माण युनिटले शिवरात्रि विशेष रुपमा मनाएको हो।

निर्देशक दिपेन्द्र के. खनालले विभिन स्थानबाट गौशलासम्म दर्शनार्थीलाई पुराइएको जानकारी दिए। शिवरात्रिको दिन यस्तो सेवा गर्न पाउँदा उनी निकै खुशी भएका छन्। भ्यानमा नायक/नायिका पनि थिए। यात्रुसँग कलाकारले कुराकानी गरेका थिए। फिल्मले गतिलो व्यापार गरिरहेकोले निर्माण पक्षदेखि कलाकार सबै दंग छन्। सोही कारण उनीहरुले आज दर्शनार्थीलाई सेवा गरेर खुशी बाँडेका हुन्।

डार्क कमेडी ‘झोले’मा दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ, शिशिर राणा, शंकर आचार्यलगाएतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा, प्रस्तुती र कलाकारको अभिनय निकै मन पराइएको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉