
Shristi Shrestha and Anup Bikram Shahi During the music video shooting | Photo: Maheswor Man Singh / Glamour Nepal
काठमाडौं । नेपाली सुगम संगीत र पाश्र्व गायनमा छुट्टै पहिचान बनाएकी गायिका देविका बन्दना(प्रधान)को नयाँ गीत ‘सँधै सँधै हिड्न पाउँ तिम्रो छाँया बनी’ को काठमाडौँमा छायांकन गरिएको छ। मन्त्र दिव्य प्रोडक्सनले निर्माण गरेको भिडियोमा श्रृष्टि श्रेष्ठ र अनुपविक्रम शाहीले फिचरिङ गरेका छन्।
मुक्तक साम्राज्ञीका रुपमा परिचित साहित्यकार तथा गीतकार उषा शेरचनको रचना र कल्याण सिंहको संगीतमा बनेको गीतले माया प्रेमको कथा प्रस्तुत गरेको छ।
भिडियोका छाँयाकार प्रमोद कार्की हुन्। गीतकार शेरचनको निवासमा छायांकन गरिएको भिडियोका निर्देशक विजेश पौडेल हुन्। भिडियोका सम्पादक समेत रहेका विजेश स्वयं गायक पनि हुन्। विजेशको स्वरमा रहेको ‘दिल ढलोस’, ‘यो मनको पानामा’लगायतका गीत चर्चित छन्।
थप आकर्षक फोटोहरु हेर्न यहाँ गर्नुहोस्
म्युजिक भिडियो सुटिंगको केहि झलकहरु हेर्नुहोस् – भिडियो