युएईमा तीज उत्सव


काठमाडौं । युएईमा बसिरहेका नेपालीहरुलाई हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा सांगीतिक माहौलमा झुमाउन भदौ १८ गते तिज उत्सव हुने भएको छ । लामो समयदेखि युएईमै बस्दै आएका नेपाली युवा रतन थापाको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित अनुहारको सांगीतिक प्रस्तुति रहनेछ ।

Teej Utsavप्रस्तुतकर्ता रतनका अनुसार कार्यक्रममा अभिनेत्री रेखा थापा, नायक तथा सञ्चारकर्मी श्याम अर्याल, गायक पर्शुराम रिजाल, गायिका मिना अधिकारी, कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमिल्सिना ‘बुनु मैचा’ र आस्मा पाण्डेको प्रस्तुत रहनेछ ।

कार्यक्रमका लागि आयोजकले प्रोमो पनि तयार पारेका छन् । रतनले तीज उत्सव फुजैरामा पनि भदौ २५ हुने बताए ।

SUBSCRIBE 👉