अमेरिकामा अभिनेता सुनिल थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


अमेरिकाको सन्‌फ्रान्सिस्कोमा जारी ‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ मा नेपालसहित अमेरिका, भारत, चीन, मेक्सिको, इरान, रुसलगायतका देशका फिल्म र चलचित्रकर्मीहरुको सहभागिता छ। महोत्सवमा विश्वभरका १५० चलचित्र प्रदर्शनी हुँदैछन्।

महोत्सवमा जोयस पाण्डे निर्देशित ‘साँघुरो,’ शंकर घिमिरेको ‘तुलसी,’ उदय सिंजापतीको ‘टाटा बाइबाइ’ प्रदर्शनका लागि छनोटमा परेका छन् भने छोटा चलचित्र अन्तर्गत फूलमान बलको ‘सेलफोन’ र जसकुमार राईको ‘सेक्रिफाइस नेभर डाइ’ को प्रदर्शन भइसकेको छ।

fog life time achievement award winners 2015
महोत्सवमा अभिनेता सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गरिने भएको छ । थापा संगै हलिउड कलकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड संगितकार गायक बप्पी लहरी, भियतनामी नायिका किउ चीनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिदै छ। गत बर्ष बलिउड फिल्म “मेरी कोम” बाट चर्चा र सम्मान बटुलेका अभिनेता थापाको लागि सो अवार्ड जीवनकै अत्यन्त महत्वपूर्ण अवार्ड मात्र नभइ नेपाललाई विश्वमा चिनाउने माध्यम समेत हुने भएको छ।

अगस्ट ७ देखि १६ सम्म अमेरिकाको सान फ्रान्सिस्को सहरमा भैरहेको ‘फेस्टिबल अफ ग्लोब’ (FOG) नामक विश्वप्रसिद्द संस्थाले अगष्ट १५ तारिखका दिन भव्य अवार्ड वितरण समारोहमा अभिनेता थापालाई अवार्ड प्रदान गर्न लागेको हो।

अवार्ड कार्यक्रममा अमेरिका पुगेकी दुई नायिका केकी अधिकारी र नन्दिता केसीले चलचित्र चिनोको ‘मोहनी लाग्ला है’, माइतीघरको गीत र रेसम फिरिरीको धुनलाई फ्युजन गीतमा शंकर बिसीको कोरियोग्राफीमा धमाकादार प्रस्तुति दिने भएको छ। महोत्सवमा दिलिप रायमाझी, निरज बराल, राजबल्लभ कोईराला, शुशांक मैनाली लगायतका कलाकारहरुले पनि सहभागीता जनाउने छन्।

SUBSCRIBE 👉