मर्ने कसैलाई रहर हुँदैन् (भिडियोसहित)


priyanka-karki-and-suraj-singh-thakuri

Priyanka Karki and Suraj Singh Thakuri

ग्ल्यामर नेपाल, काठमाडौं । विकाश आचार्य निर्देशित चलचित्र ‘नाइँ नभल्नु ल २’को निकै मार्मिक गीत सार्वजनिक गरिएको छ। ‘मर्ने कसैलाई रहर हुँदैन्’ बोलको उक्त गीतमा प्रेम परियारको स्वर सुन्न सकिन्छ। शब्द कृष्णहरी बराल र संगीत सुरेश गैरेको रहेको छ। गीतमा फिल्मका प्राय:सबै कलाकार देखाइएको भएपनि बालकलाकार द्वय अभिनव रेग्मी र सुज्ञानी भट्टराईलाई हाईलाइट गरिएको छ। बालसुलभको कथा पेश गरेको यो सिनेमा आउँदो चैत्र २८ गते रिलिज हुँदैछ।

वान टाइन सिनेमाको व्यानरमा निर्माण भएको ‘नाइँ नभन्नु ल २’मा जीवन लुईटेल, सुरजसिंह ठकुरी, प्र्रिंयका कार्की, सरोज खनाल, सिताराम कट्टेललगाएतका कलाकारको अभिनय रहेको छ । प्रियंका र सुरजलाई यो चलचित्रमा श्रीमान्–श्रीमतीको भूमिकामा देख्न सकिन्छ । वयस्क कलाकारको भीडमा बालकलाकारलाई केन्द्रीय रोल दिएकोले केही चुनौती भएपनि सफल हुनेमा आचार्य ढुक्क देखिएका छन् । केही दिन अगाडि सार्वजनिक ‘यी आँखामा तिमी छौं’ बोलको गीत अत्याधिक हिट भएपछि आचार्य निकै हौसिएका छन् । उक्त गीत पनि अभिनव र सुज्ञानीमाथि नै फिचराईज गरिएको थियो । आचार्यले बालबालिकाबीच हुने निस्वार्थ र भावनात्मक मायालाई समेटिएको जानकारी दिएका छन् ।

‘नाईँ नभन्नु ल २’मा विश्वमणि दाहाल, प्रदीप दाहाल र निर्देशक आचार्य स्वयमको लगानी रहेको छ । कृष्णहरि बरालको गीत रहेको चलचित्रमा गैरे सुरेश र वसन्त सापकोटाले संगीत दिएका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । आचार्यले यसभन्दा अगाडि ‘नाईं नभन्नु ल’ र ‘रिदम’जस्ता हिट चलचित्र दिइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

# मर्ने कसैलाई रहर हुँदैन….

# यी आँखामा छौ ….

SUBSCRIBE 👉