कतारमा रेशम फिलिलि पुन: देखाइने


काठमाडौं । आगामी भदौ ११ मा नेपालमा प्रदर्शन हुने फिल्म ‘रेशम फिलिली’ कतारमा पनि पुन: प्रदर्शन हुने भएको छ । यो फिल्म अघि जुलाई १७ तारिख प्रदर्शन गरिएको थियो ।
Resham Fililiकतारमा दर्शकहरुको बढ्दो मागलाई मध्यनजर गर्दै फिल्म पुनः प्रदर्शन गर्न लागिएको स्थानीय आयोजक निमा भुषालले बताए । फिल्म यहि अगष्ट २१ तारिखका दिन ग्रान्ड मल स्थित एसियन टाउन सिनेमा हलमा विहान ११.०० र अपरान्ह २.०० बजे प्रदर्शन गरिने भएको छ ।

माधव वाग्लेद्वारा निर्मित यस फिल्ममा प्रणव जोशिको लेखन तथा निर्देशन रहेको छ भने फिल्म भिमसेन पिक्चर्स र प्रिन्सेस मुभिजको संयुक्त व्यानरमा निर्माण गरिएको हो । फिल्ममा विनय श्रेष्ठ,कर्मा,कामेश्वर चौरसिया र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।

SUBSCRIBE 👉