FOGमा खुलेकी केकी(फोटोफिचर)


Keki Red Carpetकाठमाडौं । अमेरिकाको सनफ्रान्सिस्कोस्थित सिलिकन भ्यालीमा भएको ‘फेस्टिबल अफ ग्लोब’मा सम्भवत पहिलोपटक नेपाली सेलिब्रेटीहरुको उपस्थिति उल्लेख्य रह्यो । नेपाली फिल्म क्षेत्रमा ‘राते काइँला’का रुपमा परिचित सुनिल थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्दाको क्षण नेपाली फिल्म क्षेत्रका लागि अझ विशेष रह्यो ।
Keki Adhikariत्यहाँको कार्यक्रममा सहभागिता जनाउनका लागि अभिनेत्रीद्वय केकी अधिकारी र नन्दिता केसी, अभिनेता सशांक मैनाली, चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म निर्देशक सुरेशदर्पण पोखरेल, कोरियोग्राफर शंकर बिसी, अमेरिकामै रहेकी अभिनेत्री ऋचा घिमिरेलगायतको उपस्थितिले त्यहाँ रहेका नेपालीलाई केही मात्रामा खुशी दिएको थियो ।
Keki Danceफेस्टिबलको रेककार्पेटमा अभिनेत्री केकी निकै खुलेकी थिईन् । कालो गाउनमा रेडकार्पेटमा पोज दिँदा केकी खुशी देखिन्थिईन् । उनको फेसबुकमा पोष्ट गरिएको तस्वीर हेर्दा पनि यही देखिन्छ । फेस्टिबलमा उनले, नन्दिता र शंकरले पुराना नेपाल रिमिक्स गीतमा नृत्य पनि गरेका थिए ।

Keki Interview

SUBSCRIBE 👉