कोमल ब्रत बस्दा अजयलाई टेन्सन


काठमाडौं । बजारमा आएका अधिकांश तीज गीतका भिडियोमा महिलाहरु माइत जान नपाएका कुरा सुनिन्छन् । तर सञ्चारकर्मी तथा फिल्म निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको एउटा तीज गीतको भिडियोमा चाहिँ श्रीमानले श्रीमतिलाई आफ्ना लागि ब्रत नबस्न गरेको अनुरोधलाई प्रस्तुत गरिएको छ ।
Komal Oliअजय अधिकारी सुशिल र कोमल वलीको स्वर रहेको ‘पानी नखाई बस्नै पर्दैन’ बोलको गीत भिडियोमा अजयले कोमललाई आफ्ना लागि ब्रत नबस्न अनुरोध गरेका हुन् । दुःखका दिन आउदा टारेर नटर्ने भएकाले आफ्ना लागि पानी नखाई ब्रत बस्दा असर पर्ने भन्दै कोमललाई अजयले सम्झाएका छन् ।

अजयकै शब्द संगीत रहेको गीतको भिडियोमा भरत रेग्मीको सम्पादन, अर्जुन तिवारीको छायांकन र जया शर्माको स्क्रिप्ट तथा सहनिर्देशन रहेको छ । म्युजिक भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉