दशैँमा आउने परदेशीको अनुहार यसरी खोलियो – फोटो र भिडियो सहित


काठमाडौं । फिल्म ‘गोर्खा पल्टन’मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक तथा निर्माता नारायण रायमाझीले निर्देशन गरेको दोस्रो फिल्म ‘परदेशी’को फष्टलुक, ट्रेलर र गीत सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फष्टलुक, ट्रेलर र गीत सार्वजनिक गरिएको हो।

Rajani KC Naren Khadka (3)निर्देशक रायमाझीले फिल्मले विशेष रुपमा रोजगारीका लागि विदेश महिलाले भोग्ने पीडालाई प्रस्तुत गर्ने बताए । उनले विदेशमा काम गर्न जाने मान्छेहरुको शव बाकसमा आउँदा परिवारलाई पर्ने पीडा समेत प्रस्तुत गरिएको जनाए।

फिल्मकी नायिका रजनी केसीले आफुले ‘लोफर’ पछि फिल्म खेल्ने या नखेल्ने अन्यौल भईरहेको बेला निर्देशकका तर्फबाट आएको प्रस्तावलाई नकार्न नसकेर फिल्म खेलेको जनाईन्। फिल्मका निर्माता राजेश वंशलले फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने बताए।

फिल्ममा प्रशान्त तामाङ, रजनी, नरेन खड्का, शेरबहादुर गुरुङ, केशव भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन्। विजया दशमी को छेकोमा सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा गोविन्द राईको नृत्य र शम्भु ढकालको छायांकन रहेको छ।

फोटो ग्यालरी हेर्नुहोस

SUBSCRIBE 👉