काठमाडौं । यङ सिनेमेकर्स प्रालिको व्यानरमा कुवेर दंगालले निर्देशन गरेको सर्ट फिल्म ‘क्याफे एक्सप्रेस’को राजधानीमा विशेष शो गरिएको छ । अनामनगरस्थित मण्डला थिएटरमा गरिएको शोमा केही फिल्मकर्मीसँगै सर्ट फिल्म युनिटको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुराना निर्देशक दयाराम दाहालले पछिल्लो समयमा युवा पुस्ताहरु पनि फिल्म निर्माण र निर्देशनमा आउनु सुखद रहेको जनाउँदै ‘क्याफे एक्सप्रेस’ले आम दर्शकको मन जित्ने आशा व्यक्त गरे ।
अस्मीता चौलागाई र अप्सरा दंगालले निर्माण गरेको सर्ट फिल्ममा विवश पाण्डे, अवानी पौडेल, मनोज खड्का, विकास भण्डारी र प्रचण्ड अर्याललगायतले अभिनय गरेका छन् । फिल्ममा सुरेश मुखियाको कथा र नारायण जिसीको छायांकन छ ।