डी सिने अवार्डमा सिजीसँगको ब्रान्डिङ सहकार्य


काठमाडौं । विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हँुदै आइरहेको ‘डी. सिने अवार्ड’ अब चौधरी गु्रपको उत्पादनबाट ब्रान्डिङ हुदै ‘सिजी डि सिने अवार्ड’ को नामबाट हुने भएको छ । छायाँछवि क्रियशनको आयोजनामा हुदै आएको यो अवार्डलाई सिजीको उत्पादन ‘सिजी स्मार्ट टीभी’ को प्रायोजनमा ‘सिजी डी सिने अवार्ड’का रुपमा कार्यक्रम हुनेछ ।
Shanti Priya Awardआयोजक संस्थाका अध्यक्ष शान्तिप्रियका अनुसार अवार्ड प्रायोजनका निमित्त सिजिका प्रतिनिधी रामसागर यादव र अध्यक्ष शान्तिप्रियसँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ‘प्रविधिको विकास र प्रविधिको प्रयोगमा डिजिटल चलचित्रको माध्यमबाट आफ्नै खाले विशेष भूमीका निर्वाह गर्दै नेपाली फिल्म उद्योगलाइ नयाँ उचाइमा पु¥याउने सार्थक प्रयास भईरहुनु’ अध्यक्ष शान्तिप्रियले भने,‘राम्रा भन्दा राम्रा फिल्म बनिरहुनु अनि नेपाली फिल्म उद्योगको स्तरीयता प्रवद्र्धनमा उल्लेख्य भूमीका खेल्न सकियोस् भन्ने मुल उद्देश्यमा निहित भएर गरिन लागेको अवार्डमा सिजीसँगको सहकार्य आफैमा एउटा उपलब्धि पनि हो।

आयोजकका अनुसार अवार्डका लागि हाल जुरीले फिल्म हेर्ने काम गरिरहेका छन् । दशैंको छेको पारेर गरिन लागिएको अवार्डमा ०७१ सालमा प्रदर्शनमा आएका फिल्म समावेश हुनेछन् ।

SUBSCRIBE 👉