अनुलाई झ्याई पार्न पललाई सास्ती


Anu Shah

काठमाडौं । विवाह गर्नका लागि कुनै एक युवतीलाई फकाउन कम सास्ती पर्दैन् । अहिले मोडल पल शाहलाई यस्तै सास्ती परेको छ । आफुले मनपराएकी केटी मोडल अनु शाहलाई फकाउन उनले अनेक कुरा गरिरहनु परेको छ । उनको उद्देश्य हुन्छ, अनुलाई फकाउने पनि झ्याई नै पार्ने ।
Paul Anuगायक सुमन श्रेष्ठको शब्द र स्वरमा रहेको गीत ‘झ्याई पार्ने’को भिडियो हेर्दा दर्शकले पलले अनुलाई फकाउन गरेको चर्तिकला हेर्न पाउँछन् । गीतमा भुवन सुप्तिहाङ राईको संगीत छ ।
Singer Sumanकेदार धितालले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र निशान्त घिमिरेको सम्पादन छ । यो गीत दृश्य एल्बममा समेटिएको छ ।

SUBSCRIBE 👉