‘ऋतु’ वितरणको जिम्मा दर्शना आर्टस्लाई


rajballav-koirala-and-malina-joshi-nepali-movie-reetu

Malina Joshi and Raj Ballav Koirala

ग्ल्यामर नेपाल, काठमाडौं । करिब ६ महिनादेखि हिन्दी फिल्म वितरण गर्दै आएको दर्शना आर्टस् प्रालीले नेपाली फिल्मको पनि वितरण गर्ने भएको छ। कम्पनीले वितरण गर्न लागेको पहिलो नेपाली फिल्म हो, ‘ऋतु’। अपिल विष्टले निर्माण गरेको यो फिल्म फागुन २३ गतेबाट रिलिज हुँदैछ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा दर्शनाका कार्यकारी निर्देशक दिपक अधिकारीले आफ्नो कम्पनीले नेपाली फिल्मका निर्माताको हितमा काम गर्ने बताए। उनले फिल्म वितरण मात्र होइन, आगामी दिनमा निर्माणमा पनि हात हाल्ने बताए। त्यस्तै, दर्शनाका सिइओ सुरेशदर्पण पोखरेलले कम्पनीले स्तरीय नेपाली फिल्मलाई मात्रै वितरण गर्ने जानकारी दिए। कम्पनी आर्थिक पारदर्शितालाई विशेष ध्यान दिने पोखरेलको भनाई थियो।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले कम्पनीलाई धन्यवाद दिएका थिए । कम्पनीले नेपाली फिल्मको हितमा काम गर्ने उनीहरुले विश्वास लिए। दर्शनाले ‘ऋतु’ पछि ‘पुन्टे परेड’, ‘उत्सव’, ‘हँसिया’ र ‘वान वे’ वितरण गर्ने कार्यक्रममा जानकारी दिइयो। ‘ऋतु’मा राजवल्लभ कोइराला, मलिना जोशीलगाएतका कलाकारको अभिनय रहेको छ। कम्पनीले ‘रमैया वस्तभैया’, ‘चेन्नइ एक्सप्रेस’सहित १३ वटा हिन्दी फिल्म वितरण गरिसकेको छ।

SUBSCRIBE 👉