सौगातले भने,‘अब एक्सन फिल्म गर्छु’


काठमाडौं । विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा नाम लेखाएका निर्देशक सौगात विष्टको फिल्म ‘लभ यु बाबा’ले जापानी दर्शकबाट उत्कृष्ठ प्रशंसा पाएको छ । जापानमा गत शनिवारबाट शुरु भएको सिनोओकुवो फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको फिल्म हेर्न दुई दिन हाउसफूलका साथ दर्शकले फिल्म हेरेका थिए ।
Saugat Bistaफिल्म प्रदर्शनपछि दर्शकसँग गरिएको अन्तरक्रियामा उनले अब आफु एक्सन किसिमको फिल्म निर्देशन गर्ने योजनामा रहेको बताए । ‘मैले पहिलो फिल्म पारिवारिक किसिमको बनाएँ,’उनले भने,‘अब मेरो ध्यान एक्सन तिर गएको छ, त्यसकारण सम्भवत अर्को प्रोजेक्टका रुपमा एक्सन फिल्म गर्छु ।’ सौगातको फिल्मले बाबु छोरीको सम्बन्धलाई प्रस्तुत गरेको छ ।

महोत्सवमा नेपालीसँगै कोरिया, चीन, थाइल्याण्ड लगायतका देशका फिल्म प्रदर्शन भएका थिए ।

SUBSCRIBE 👉