उठ्न जुट्न आव्हान – हामी उठ्ने छौं – we will rise


काठमाडौं । गत वैशाख १२ गतेको महाभूकम्प पछि पीडितलाई सहयोग गर्न जुर्मुराएको हङकङ, मकाउ र चीनका नेपाली युवाहरुले शुरुवात गरेको ‘हामी उठ्ने छौं’ अभियानको काठमाडौँमा एक कार्यक्रमका विच औपचारिक उद्घाटन गर्दै अभियानले निर्माण गरेको शीर्ष भिडियो सार्वजनिक गरिएको छ। नेपाल लगायत १० मुलुकमा छायांकन गरिएको म्युजिक भिडियो राजधानीमा आयोजित कार्यक्रममा फिल्म, व्यापार, संगीत, साहित्य र सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो।

we will rise

Celebrities from various fields including actor Rajesh Hamal, former Miss Nepal Sugarika KC and cricketer Paras Khadka take part in a programme organized to inaugurate’ We Will Rise Again’ campaign in Kathmandu on Friday 21st August 2015. Photo: Maheshwor Man Singh / Glamour Nepal

“हामी उठ्ने छौं – we will rise” अभियानको काठमाडौँमा औपचारिक उद्घाटन – फोटो ग्यालरी हेर्नुहोस् – Click Here

म्युजिक भिडियो सार्वजनिक हुनु अघि अभिनेता राजेश हमाल, क्रिकेट कप्तान पारस खड्का, पूर्व मिस नेपाल सुगारिका केसी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणा, हङकङमा कराँते सिकाउने गुरु तुलसी गुरुङलगायतले ‘हामी उठ्ने छौं’ को पोष्टर एकसाथ सार्वजनिक गरेका थिए।

we will rise music video screen shot

पोष्टर सार्वजनिक पछि अभियानले सिन्धुपाल्चोकमा गरेको सामाजिक कामको बारेमा निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। सुब्रत आचार्यले निर्देशन गरेको वृत्तचित्रमा अभियानले सिन्धुपाल्चोकको कर्थली ७ पोखरेमा ४० दलितका लागि अस्थायी आवास निर्माण गरेको, इश्वरी माला प्राविको पुननिर्माण गरेकोलगायतका दृश्य प्रस्तुत गरिएको छ । साथै भूकम्प पीडित समुदायलाई स्वस्थ्य रहन स्वामी विकासानन्दले दिएको स्वास्थ्य टिप्स पनि वृत्तचित्रमा समेटिएको छ।

we will rise documentary film

कार्यक्रममा सुब्रत आचार्यकै संयोजन र निर्देशनमा बनेको म्युजिक भिडियोमा नेपालसहित १० राष्ट्रमा त्यहीँका नेपाली समुदायले फिचरिङ गरेका छन्। सुब्रतका अनुसार एउटै राष्ट्रिय गीतलाई सर्वाधिक देशमा छायांकन गरिएको सम्भवत यो नै पहिलो म्युजिक भिडियो हो।

अभिनेता हमालले अहिलेको अवस्थामा सहयोगका लागि अन्य देश वा व्यक्तिको मुख ताक्नु भन्दा सबै नेपालीहरु जुटेर देश बनाउनु पर्नेमा जोड दिए। पत्रकार रविन्द्र मिश्रले भूकम्पका कारण देश संकटमा परिरहेका बेला विदेशमै बसेर भए पनि युवाहरुले चालेको कदम सराहनीय रहेको जनाए। कार्यक्रम हङकङ नेप्लिज तेक्वान्दो एशोसिएसनले आयोजना गरेको हो।

SUBSCRIBE 👉