इन्दिरालाई चाहियो सुहाउने र धोको पुर्याउने पति


Nilu Gurungकाठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको पहिचान आम श्रोतामाझ हट गायिकाको रुपमा परिचित छ । ग्ल्यामर छवि भन्दा पनि स्टेजमा उनको प्रस्तुति नै आफैमा ग्ल्यामर बन्छ । ग्ल्यामर छवि रहँदा रहँदै पनि उनले तीजको मौका पारेर ‘भोले बम बम’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् । जसमा उनले भोले बाबालाई सुहाउने र धोको पुर्याउने पति चाहियो भनेर मागेकी छन्।
Teej Songगीतमा स्वप्निल बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । सरोज वलीले निर्देशन गरेको भिडियोमा निलु गुरुङ ओलीले फिचरिङ गरेकी छन् । भिडियोमा अर्जुन पोखरेलको सम्पादन र गोकुल अधिकारीको छायांकन छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉