ओस्कार समितिले माग्यो फिल्म


काठमाडौं । आगामी फागुन १६ गते अमेरिकाको लसएञ्जल्समा आयोजना हुन लागेको ८८ औं ओस्कार एकेडेमीमा भाग लिनका लागि ओस्कार समिति नेपालले फिल्म आव्हान गरेको छ । समितिले जारी गरेको विज्ञप्तिमा उक्त पुरस्कारको प्रतियोगितामा सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी अवार्डमा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन पत्र पठाएको उललेख गरिएको छ ।
Oscar Committeसमितिले ओस्कारमा सामेल हुन चाहने सबै नेपाली फिल्म निर्देशक र निर्माताहरूलाई आफ्नो फिल्म आगामी भदौ १५ गते मंगलबार दिनको १ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन आव्हान गरेको छ ।

समितिले २०७१ असोज १५ गते भन्दा पछाडि र २०७२ साल भदौ १४ गते भन्दा अगाडि नै सार्वजनिक प्रदर्शन भएको फिल्मले मात्र नाम दर्ता गराउन पाउने प्रावधान राखेको छ ।

SUBSCRIBE 👉