प्रदर्शनमा आउँदै डेस्टिनेशन काठमाडौं


काठमाडौं । स्वर्गीय निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ आगामी असोज १५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । फिल्मका निर्माता शरद अधिकारीका अनुसार फिल्म स्वदेशका साथै थुप्रै मुलुकका एकसाथ प्रदर्शन गरिदैछ ।
Destination Kathmanduविदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित फिल्मलाई अन्तराष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण रोकिएको फिल्मलाई फिल्मका मुख्य सहायक निर्देशक मधुसुदन भट्टराईले पुरा गरेका थिए ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दिलिप रायमाझी, झरना थापा, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, विकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछानेका साथमा अष्ट्रेलियन अभिनेत्री सहारा मावब प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।

SUBSCRIBE 👉