अमेरिकामा जीतको कमेडी, बद्रीको गीत, निरुको नृत्य


काठमाडौं । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालको प्रस्तुति र वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसी अमेरिकाको आयोजनामा अमेरिकाका २० वटा राज्यमा हुन लागेको ‘तीज दशैं तिहार धमाका’मा आफ्नो प्रस्तुति दिन हाँस्य कलाकार जितु नेपाल, गायक बद्री पंगेनी र कलाकार निरु खड्का जाने भएका छन् ।
JItu Badri Niruकार्यक्रमबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा हाँस्य कलाकार जितुले आफुले नेपाली नेताहरुलाई विदेश पठाउँदा कस्तो काम गर्छन् भन्ने किसिमको प्रहसन प्रस्तुत गर्ने बताए । लोकगायक पंगेनीले आफुले गीतमार्फत पर्यटकलाई नेपाल बोलाउने दाबी गरे । कलाकार निरुले चाहिँ नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिने खुलाईन् ।

आयोजकका अनुसार कार्यक्रममा भुटान सोसाइटीका गायक मनोज ढकाल, कृष्ण ढकाल र शिला आलेको पनि विशेष प्रस्तुति हुनेछ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालकी प्रमुख शारदा पौडेलले अमेरिकाबाट उठेको रकम भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने बताईन् ।

SUBSCRIBE 👉