नविनको गीतमा विनोदको भिन्न रुप


काठमाडौं । गायक तथा ¥यापर विनोद ढकाल गीत संगीतमा जति सक्रिय छन्, अभिनयमा पनि उनी नै पोख्त छन् । पहिलो एल्बम ‘डाउनलोड’ र दोस्रो एल्बम ‘होमवर्क’बाट श्रोतामाझ छाएकी यी गायक म्युजिक भिडियोमा अभिनयमा पनि उत्तिकै सक्रिय छन् । पछिल्लोपटक गायक नविन के भट्टराईले गाएको ‘३७’ बोलको गीतको भिडियोमा विनोदलाई फरक रुपमा देखाइएको छ ।

Binod Dhakalभिडियोमा उनी कहिले अर्धनग्न त कहिले सेतो बस्त्रमा जंगलमा बाकसमा केही सामान बोकेर हिँडिरहेका देखिन्छन् । ‘भिडियोमा मेरो भूमिका पैसा र सम्मान भएर पनि सन्तुष्ट हुन नसकेको व्यक्तिको छ, यो अभिनय गर्न निकै मेहनत गरेको छु,’हालैको भेटमा उनले भने,‘नविन के दाईको गीत भएर पनि भिडियोमा निकै संवेदनशिल भएर काम गरेको छु ।’

विशाल पौडेलको शब्द र संगीत रहेको गीत गायक नविनले ‘सेक्स डल’ व्याण्डका लागि गाएका हुन् । अनुप गिरीले सम्पादन र निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन छ ।

SUBSCRIBE 👉